ताजा समाचार

मंगलबार ३८० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या साढे ६ हजार नाघ्याे 

काठमाडौं । मंगलबार थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । जसमध्ये ६ हजार ९२ जना पुरुष र ४ सय ९९ जना महिला छन । अहिलेसम्म ७३ जिल्लामा कोरोना संक्रमण देखापरेको छ ।
मंगलबार १ सय १७ जना कोरोना जितेर घर फर्केका छन । जसमध्ये १ सय नौ जना पुरुष र आठ जना महिला डिस्चार्ज भएका हुन । हालसम्म १ हजार १ सय ८५ जना कोरोन जितेर अस्पतलबाट डिस्चार्ज भएका छन । १९ जानाले कोरोनाका कारण ज्यान गुमाएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *