ताजा समाचार

चीन र भारतीय सेनाबीच सीमामा झडप, एक भारतीय सैनिक कमाण्डरसहित तीनकाे मृत्यु

काठमाडौं । भारतको लद्दाखस्थित गल्वान भ्यालीमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाको मृत्यु भएको छ।

भारत सरकारको आधिकारिक विज्ञप्ति अनुसार यो झडप गाल्भान उपत्यकाको सीमामा सैनिकहरू पछि हट्ने क्रममा भएको थियो। भारतीय सेनाले भनेका छ कि सोमबार राति भारत र चीन सीमामा रहेको गाल्वान उपत्यकामा दुई देशको सेनामा कडा सङ्घर्ष भएको थियो, जसमा एक सेनाका अधिकारी र दुई सैनिक मारिएका थिए।

सेनाको मुख्यालयले दिएको बयान अनुसार दुवै देशका वरिष्ठ सैन्य अधिकारीहरू अहिले घटनास्थलमा छलफल गरी विवाद सुल्झाउन लागि परेको बीबीसीले जनाएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *