गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मंगलबार बिहान थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा मंगलबार बिहान अध्यावधिक गरेको सूचना अनुसार सो प्रदेशका ५ जिल्लामा थप संक्रमण पुष्टि भएको हो।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार, गोरखामा १० जना, स्याङ्जामा ४ जना, नवलपरासी पूर्वमा २ जना, कास्कीमा १ जना र बाग्लुङमा १ जना नयाँ संक्रमित पुष्टि भएको हो।

नेपालभर भने ६ हजार २ सय २९ जनामा संक्रमण पुष्टि भएको छ। नेपालभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ र १ हजार ४१ जना संक्रमणमुक्त भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *