ताजा समाचार

६ देशका लागि नेपाली सेनाले छनौट गरेका यी हुन सैन्य सहचारी

काठमाडौं । नेपाली सेनाले ६ देशका लागि सैनिक सहचारीहरुको छनौट गरेको छ । गत हप्ता नेपाली सेनाले  सैनिक सहचारी छनौट गरेको हो । तर सेनाले यो विषयलाई बाहिर ल्याएको छैन । सेनाले तयार पारेको सुचीअनुसार महासेनानी मोहन क्षेत्री चीन, रामचन्द्र खत्री भारत, रत्न गोदार वेलायत, भुवन पूर्ण सत्याल अमेरिका, जगदिश खड्का न्युयोर्कस्थित स्थायी प्रतिनिधीको कार्यालय,अमृतकाजी गुरुङ्ग पाकिस्तान र रोशन शमशेर राणा वंगलादेशका लागी छनौट भएका छन् । सेनाको चीन,भारत,अमेरिका,बेलायत,पाकिस्तान,वंगलादेश र राष्ट्रसंघ हेर्ने स्थायी प्रतिनिधीको कार्यालयमा सैनिक सहचारीको दरवन्दी रहेको छ ।
यसअघि भारत र चीनमा सहायकरथीलाई सैनिक सहचारीको रुपमा सेनाले पठाउंदै आएकोमा यसपटक भने महासेनानीलाई उक्त जिम्मेवारीमा पठाइएको छ । हाल भारतका सहायकरथी ईश्वरकान्त मैनाली र चीनमा विनोद पाण्डे सैनिक सहचारी रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *