गण्डकी प्रदेश

तनहुँका पाँच पुरूषमा कोरोना पुष्टि, देशभर ५ हजार ७ सय ६५ पुगे संक्रमित

काठमाडौं । सोमबार बिहान थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तनहुँ जिल्लाका पाँच जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सोमबार बिहान ५ः४५ मा अध्यावधिक गरेको तथ्यांक अनुसार तनहुँको घिरिंङ गाउँपालिका ठेगाना भएका २२ देखि ४६ वर्ष समुहका पाँच जना पुरुषमा संक्रमण पुष्टि भएको हो

संक्रमितहरुलाई जिल्लाकै शुक्लागण्डकी नगरपालिकामा रहेको जिपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा लगिएको सूचनामा भनिएको छ।

योसँगै देशभर ५ हजार ७ सय ६५ पुगेको छ। नेपालमाा ७३ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ। १९ जनाको मृत्यु भइसकेको छ। गण्डकी प्रदेशमा मात्र कोरोना संक्रमितको संख्या २०४ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *