काठमाडौँ । आजबाट मोटरसाइकल (स्कुटर र मोपेड) सहितमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । यसअघि सर्वसाधारणमा मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्ने अन्योलता सिर्जना भएको भन्दै गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने गरी निर्णय भएको जानकारी दिएका हुन् । उनले मातहतका निकायलाई पनि यसबारेमा निर्देशन दिइसकेको बताए । मोटरसाइकलमा भने एक जना मात्र सवार हुन पाउने छन् । त्यस्तै चार पङ्ग्रेमा पनि आजबाट जोरबिजोर लागु हुनेछ र चालकसहित ३ जना बढ्न पाउनेछन् ।
यस्तै अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९ बजेदेखि विहान ५ बजेसम्म चलाउन रोक लागाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले जनाएको छ । साथै सा लिएका सवारीकाे हकमा भने जाेरबिजाेर लागु हुने छैन ।
एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन भने उपत्यकाको हकमा यो नियम लागु नहुने मन्त्रालयका सूचना अधिकारीले जानकारी दिए।




