ताजा समाचार

सत्तारुढ दल नेकपाको सचिवालय बैठक किन भयाे अचानक स्थगित ?

काठमाडौं।यसअघि दुई पटक स्थगित भएको सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि स्थगित भएको छ।आइतबार सााझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक अचानक स्थगित भएको हो ।
नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालवीच सचिवालय वैठक बोलाउने सहमती भएको थियो । शुक्रवार दुवै नेताबीच भएको भेटमा आइतवार चार बजे वैठक बोलाउने सहमती भएको थियो । यसअघि नेकपाको सचिवालय वैठक वोलाउने निर्णय भएपनि वैठक अन्तिम समयमा स्थगित हुंदै आएको छ । आजको बैठकमा स्थायी कमिटी सदस्य भीम रावल, प्रदीप ज्ञावाली र अर्थमन्त्री डा. युवराज खतिवडालाई समेत बोलाइएको थियो ।
वैठकमा संविधान संशोधन विद्येयक पारित गरिसकेपछिको राजनितिक अवस्था, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र मन्त्रिपरिषदको पुर्नगठनलगायतका विषयमा छलफल हुने कार्यतालिका थियो । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसीलाई अघि बढाउने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्य एमसीसी सम्झौतामा संशोधन नगरी पारित गर्न नहुने अडानमा छन् ।
नेकपाभित्रै देखिएको एमसीसी विवाद लामो समयसम्म रहेको र त्यसलाई संसदबाट पास गर्न नहुने मत बलियो बन्दै गएपछि शीर्ष नेताहरु भने यसको विवाद मत्थर पार्ने कोसिसमा लागिरहेका बेला आजको बैठक स्थगित भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *