काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएसँगै उपत्यका भित्रिनेका लागि नयाँ नियम लागु गर्ने निर्णय गरेको छ । आइतबार गृह मन्त्रालयमा बसेको बैठकले काठमाडौं उपत्यका प्रवेशका लागि यहाँको नगरपालिकाको अनुमति अनिवार्य चाहिने निर्णय गरेको छ ।
गृहको निर्णयअनुसार उपत्यका धित्रन चाहनेले आफू कुन नगरपालिकामा भित्रने हो सोही नगरपालिका दिएको अनुमति पत्र आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्नेछ ।
त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टाई गर्ने कागजात समेत विचार गरी पास दिन सक्ने गृहको निर्णय छ ।
त्यस्तै काठमाडौं उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने पनि गृह मन्त्रालले निर्णय गरेको छ । आजको बैठकले सवारीमा जोर बिजोर प्रणाली लागु भएपछि काठमाडौं जिल्लाका लागि सवारीलाई लिइएको पास पनि खारेज गरेको छ ।





