एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३२ हजार १६८ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७८ लाख ५९ हजार पुगेको वल्डोमिटरर्सले जनाएको छ ।
नेपाली समयानुसार आइतबार बिहान प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४० लाख २५ हजार ५१९ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख १ हजार ८७० व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
पछिल्लो २४ घन्टामा ४ हजार भन्दा धेरैको मृत्यु भएको छ भने एक लाख २८ हजार भन्दा धेरै संक्रमित फेला परेका छन् ।
नेपाल पछिल्लो २४ घन्टामा २ सय ७३ जना नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै थप २ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ भने देशभर ५ हजार ४ सय १ सक्रमित पुगेको छ ।




