ताजा समाचार

अब भारतसँग वार्ताको प्रकृया अघि बढ्छः प्रधानमन्त्री

काठमाडौं । संसदमा ऐतिहासिक एकता र राष्ट्रिय भावाना प्रकट भएपछि प्रधानमन्त्र िकेपी शर्मा ओलीले एउटा कोर्स पूरा भएको र भारतसँग वार्ताको प्रकृया अघि बढ्ने बताएका छन् । भारतले हडपेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कोर्स पूरा भएको प्रतिक्रिया दिएका हुन् । नयाँ नक्सालाई निशानछापमा समावेश गर्न गरिएको नेपालको संविधानको दोस्रो संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएपछि प्रधानमन्त्रीओलीले एउटा कोर्स पूरा भएको भन्दै खुशी प्रकट गरेका छन् ।

नक्सा संसदबाट पारित भएसँगै हामीले एउटा कोर्स पूरा गरेका छौं संसद भवनबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अब भारतसँग वार्ता हुने बताएका हुन । प्रधानमन्त्री ओलीले भूमि फिर्ता अभियानमा अभूतपूर्व एकता देखिएको भन्दै खुसीसमेत व्यक्त गरेका छन । संविधान संशोधनमा अभूतपूर्व एकता देखिएको छ यो नेपाल र नेपालीका लागि खुसीको कुरो हो भन्दै ओलीले खुशी प्रकट गरे । शनिबार दिनभर विधेयकमाथि भएको दफावार छलफलपछि प्रतिनिधिसभामा तत्काल उपस्थित २५८ सांसदले सर्वसम्मतले संविधान संशोधनको पक्षमा मद हालेका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले अभूतपूर्व एकता देखिएको बताउँदै भारतसँगको वार्ता पनि अघि बढ्ने विश्‍वास दिलएका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *