काठमाडौं । नेपालमा कोरोनासंक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरानाबाट मृत्यु भएकाको संख्या १८ पुगेको छ ।
पर्सामा जेठ २८ गते बेबारिसे भेटिएका एक पुरुषको शवबाट स्वाब परीक्षण गर्दा कोरोना पोजटिभ देखिएको थियो ।
यस्तै वीरगञ्ज हेल्थ केयर अस्पतालमा निधन भएका बारा, निजगढका निमोनियाले ग्रस्त ५ वर्षीय बालकको पनि कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ५३ सय ३५ पुगेको छ । उनीहरूमध्ये १८ जनाको मृत्यु भएको छ भने ९१३ जना डिस्चार्ज भएका छन् ।




