काठमाडौं । नेपालमा शनिबार २७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङका क्रममा जानकारी दिएको हो । नयाँ संक्रमित मध्ये २४७ जना पुरुष र ३६ जना महिला छन् । यो संगै देशभर संक्रमितको संख्या ५ हजार ३ सय ३५ जना पुगेकाे छ । देशको ७२ जिल्लामा कोरोना फैलिएको छ ।
३६ जना पछिल्लो २४ घन्टामा डिस्चार्ज भएका छन् । अहिलेसम्म देशभरबाट ९१३ जना डिस्चार्ज भइसकेका छन्।




