ताजा समाचार

प्रतिनिधि सभाबाट नयाँ नक्सासहितकाे संविधान संसोधन प्रस्ताव पारित हुँदै

काठमाडौं । सरकारले नयाँ नक्सा समेट्ने गरी दर्ता गराएको संविधान संशोधन प्रस्ताव शनिबार प्रतिनिधिसभाबाट पारित हुँदैछ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा संविधान संशोधनको विषय मात्रै समावेश छ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफावार छलफलको प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यस्तै, उनैले संशोधन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दल संविधान संशोधनको पक्षमा भएकाले विधेयक सहजै पारित हुने पक्का छ ।

तर जनता समाजवादीकी सांसद सरिता गिरीले भने संशोधन प्रस्ताव दर्ता गराएकी छिन्। उनले पार्टीको नेतृत्व गरेर नभई व्यक्तिगत रुपमा संसोधन प्रस्ताव दर्ता गराएकि हुन् । यद्यपी उनकै पार्टीले प्रस्ताव फिर्ता नलिए पार्टीले कारवाही गर्ने चेतावनी दिइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *