गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण, देशभर ५ हजार ६७ पुगे संक्रमित

काठमाडौं । नेपालमा शनिबार बिहान थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश ५ जना कोरोना संक्रमित थएिको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ। नयाँ संक्रमितहरु पर्वतका चार र नवलपरासी पूर्वका एकजना छन्। जसमा एक बालक, एक महिला र बाँकी पुरूष छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ हजार ६७ पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *