काठमाडौं । नेपालमा शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४४८ जनामा कोरोना भाइरसका संक्रमण देखिएको छ । आज संक्रमित मध्ये ४ सय २४ पुरूष र २४ जना महिला छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ। तीमध्ये ८७७ जना उपचारपछि निको भएका छन् भने १६ जनाको मृत्यु भएको छ।




