काठमाडौं । शुक्रबार बिहान थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार बिहान ६ बजे गरेको तथ्यांक अध्यावधिक अनुसार प्रदेशका चार जिल्लामा नयाँ संक्रमित फेला परेका हुन्।
जारी सूचना अनुसार पर्वतमा १३ जना, स्याङ्जामा २२ जना, तनहुँमा १ जना, नवलपरासी पूर्वमा १ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित सबै पुरुष हुन् ।
निर्देशक डा.विनोद विन्दु शर्माको अनुसार उनीहरुलाई आइशोलेशन कक्षमा राखने तयारी भइरहेको छ ।
यो संगै देशभर कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ५१ पुगेको छ ।





