ताजा समाचार

मन्त्रिपरिषद निर्णय : लकडाउनमा सञ्चालन गर्न पाइने र नपाइने कार्यको सूचीदेखि नियुक्ति, सरुवा बढुवासम्म

काठमाडौं।सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ । अर्थ एवं  सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवाराज खतिवोडाले मन्त्रीपरिषदका निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन । उनले सार्वजनिक गरेका निर्णयहरु लकडाउनमा सञ्चालन गर्न पाइने र नपाईने कार्यदेखि राजनीतिक नियुक्ति सरुवा बढुवासम्म छन ।

सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न झण्डै ८० दिनदेखि लागू गरेको बन्दाबन्दीको आदेशलाई केही खुकुलो बनाएको छ । लामो समयदेखि कायम रहेको बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवनमा नै असर परेकाले त्यसलाई सामान्य बनाउन बन्दाबन्दीलाई केही खुकुलो बनाइएको मन्त्री खतिवडाले बताए । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी कतिपय सेवामा लगाइएको प्रतिबन्धलाई अझै कायमै राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *