ताजा समाचार

स्वदेशी भूमिमा आईपुगे कुवेतमा अलपत्र परेका नेपाली चेली (तस्बीरसहित)

काठमाडाैं । कुवेतमा अलपत्र परेका नेपाली महिलाहरु बिहिबार स्वादेशी भूमिमा आईपुगेका छन । बिहिबार ३ सय ६ जना नेपाली महिलाहरुलाई उद्दार गरेर नेपाल ल्याइएको हो । जजिरा एयरलाइन्सको जहाजमार्फत उनीहरु नेपाल आएका हुन ।


हसिलो मुहारमा त्रिभुवन विमानस्थलमा ओर्लिएका उनीहरुलाई नेपाली सेनाले होल्डिङ सेन्टरमा लगेको छ । होल्डिङ सेन्टरबाट सम्बन्धित स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाइन सेन्टरमा लैजानेछ ।
बिहीबार नेपाल आउनेहरु गैरकानुनी रुपमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदार हुन ।

तस्वीर रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *