काठमाडौं । आज नेपालमा थप २५० जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार गरेको नियमित मिडिया ब्रिफ्रिङका क्रममा याे जानकारी दिएकाे हाहे ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्व गौतमका अनुसार संक्रमित मध्ये २ सय ३० पुरूष र २० जना महिला छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।
साथै आज १८७ जना डिस्चार्ज भएका छन् । जसमा ८ महिला १७९ पुरुष छन् । यो सँगै कोरोना संक्रमित निको भएर घर फर्कनेको संख्या ८६१ पुगेको छ । डिस्चार्ज हुने मध्ये ७७४ पुरुष र ८७ महिला छन् ।




