ताजा समाचार

बालुवाटारलगायत देशका प्रमुख सहरमा सरकार विरुद्ध आन्दोलन

काठमाडौं। कोरोना विरुद्धको अभियानमा असफल भएको भन्दै सरकारको विरोधमा स्वतस्फुर्त युवाहरु सडकमा निस्किएका छन । प्रधानमन्त्री निवास बालुवाटरलगायत देशका ३० वटा भन्दा बढी सहरमा सरकार विरुद्ध युवाहरुले प्रदर्शन गरेका हनु ।
कोरोना नियन्त्रणमा खर्च गरिएको पैसाको विवरण सार्वजनिक गर्न, पीसीआर परीक्षणलाई तीव्रता दिनुपर्ने, आरडीटी परिक्षण बन्द गर्नु पर्ने,जथाभावी लगाइएको कर खारजे गर्नु पर्ने माग राख्दै युवाहरुले प्रदर्शन गरेका थिए ।
सरकारले लकडाउन गरेपछि भएको यो सबै भन्द ठूलो प्रदर्शन हो । प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा व्यापक दमन गरेको थियो । प्राधानमन्त्री निवास अगाडी लाठीचार्ज भएको प्रर्दशनमा प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहोराका साथै अश्रुग्यास समेत हानेको प्रदर्शनकारीले बताए ।
केही दिन अघि बालुवाटारमा भएको प्रदर्शनमा पनि प्रहरीले पानीको फोहोरा हानेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *