ताजा समाचार

कोरोना नियन्त्रणमा सरकारको ध्यानकर्षण गराउन असार २ गते कांग्रेसले स्वदेश तथा विदेशबाट एक साथ ज्ञापन पत्र बुझाउने

काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाका कारण विकराल बन्दै गएको परिस्थिति बारे सरकारको ध्यानाकर्षण गराउन असार २ गते ज्ञापन पत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसले सामाजिक दूरी कायम गर्दै असार २ गते स्वदेश र विदेशबाट एक साथ कार्यक्रम ज्ञापन पत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेको हो ।
कोरोना महामारीको सन्दर्भमा सरकारको गैर जिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा कांग्रेसले स्वदेश र विदेशबाट कांग्रेसले एकसाथ असार २ गते सामाजिक दूरी कायम गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन विशेष ज्ञापन पत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यस्ता छ कांग्रेसले तय गरेको ज्ञापन पत्र बुझाउने कार्यक्रम :
१. नेपाली कांग्रेस संघीय संसद, संसदीय दलको तर्फबाट नेपाल सरकारका प्रधानमन्त्री समक्ष ।
२. नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारको मुख्य मन्त्री समक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारका मुख्य मन्त्री मार्फत् नेपाल सरकारका प्रधानमन्त्री समक्ष ।
३. नेपाली कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् नेपाल सरकारका प्रधानमन्त्री समक्ष ।
४. विदेश स्थित नेपाली जनसम्पर्क समितिको तर्फबाट नेपाली दूतावास मार्फत् नेपाल सरकारका प्रधानमन्त्री समक्ष ।

यस अघि कोराना नियन्त्रणमा खवरवादारी र सहयोग गर्दै आएको कांग्रेसले कोभिड १९ को महामारी रोकथाम र नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई जेठ २८ गते ध्यानाकर्षण पत्र बुझाइ सकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *