काठमाडौं । सरकारले आजबाट लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ७८ दिन दिनदेखि जारी लकडाउनलाई केही खुकुलो बनाइएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई खुकुलो बनाउदै आजबाट नीजि सवारी साधनलाइ जोर बिजोर गरेर चल्न दिने तथा पसलहरू खोल्न दिने निर्णय भएको छ ।
एक मन्त्रीका अनुसार नीजि सवारी साधनलाई जोर विजोर बनाएर सञ्चालन गर्ने र सवारी साधानमा दुई जनाभन्दा बढी चढेर हिड्न दिने निर्णय पनि गरेको छ ।
काठमाडौंमा व्यवसायीहरूले स्वतः लकडाउन उल्लघंन गरी पसलहरू खोल्न थालेपछि सरकारले पनि खुकुलो पार्ने निति लिएको हो ।
तर बाहिर जिल्लाबाट काठमाडौ आउनलाई भने अझै कडाई गर्ने निर्णय समेत गरेको छ । लामो दुरीका सवारी साधानहरु चल्ने छैनन् भने भीडभाड हुने कुनै पनि क्षेत्रलाई तत्काल नखोल्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले एक जिल्लाबाट अर्को जिल्लामा जान पनि कडाइ गर्ने निर्णय गरेको छ ।
त्यसै गरी करिब ३ महिनादेखि अन्योल अवस्थामा रहेको एसईई परीक्षा यस पटकलाई खारेज गरिएको छ । विद्यालयले मूल्यांकनलाई मान्यता दिने निर्णय भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जनाएका छन् ।




