ताजा समाचार

एसईई परीक्षा खारेज, लकडाउन खुकुलो बनाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ७८ दिन दिनदेखि जारी लकडाउनलाई सरकारले केही खुकुलो बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई खुकुलो बनाउदै यसवर्षको एसइई परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ ।

केही समयदेखि कोरोनाभाइरस र लकडाउनका कारण अन्योलमा रहेको एसइइ परीक्षा सरकारले खारेज गरेको हो । एसइइ परीक्षालाई आन्तरिक मूल्यांकनबाटै गर्ने र लकडाउनलाई सुरक्षा मापदण्ड अपनाएर खुकुला बनाउने निर्णय भएको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।  बैठकले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित माध्यमिक शिक्षा कक्षा दशको अन्त्यमा हुने परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरि निर्णय गरेको शिक्षा मन्त्री गिरिराजमणी पाेखरेलले जानकारी दिए ।  २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसके गरिएपछि अघिल्लाे दिन  कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले एसईई परिक्षा स्थागित रहेको थियो।

त्यसैगरी नीजि सवारी साधानलाई जोर विजोर बनाएर सञ्चान गर्ने र सवारी साधानमा दुई जनाभन्दा बढी चढेर हिड्न दिने निर्णय पनि गरेको मन्त्रिपरिषद बैठक स्रोतले जनाएको छ । बाहिर जिल्लाबाट काठमाडौ आउनलाई अझै कडाई गर्ने निर्णय समेत गरेको छ ।

सरकारले जोर बिजोर प्रणालीबाट निजी सवारी साधन चल्न दिने निर्णय गरेको पनि एक मन्त्रीले जानकारी दिए । उनका अनुसार पसल र निजी सवारी साधनहरु भोलीबाट नै खुल्नेछन् । लामो दुरीका सवारी साधानहरु चल्नेछैनन भने भीडभाड हुने कुनै पनि क्षेत्रलाई तत्काल नखोल्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले एक जिल्लाबाट अर्को जिल्लामा जान पनि कडाइ गर्ने निर्णय गरेको छ । करिब ३ महिनादेखि अन्योल अवस्थामा रहेको एसईई परीक्षा यस पटकलाई खारेज गरी विद्यालयले मूल्यांकनलाई मान्यता दिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए । मन्त्री पोखरेलले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको हो । सरकारले यसवर्षको एसईई परीक्षा नगरी आन्तरिक मूल्यांनकै आधारमा कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि जारी लकडाउनलाई सरकारले खुकुलो बनाउने निर्णय गरेको छ ।

निरन्तरको लकडाउनका कारण आर्थिक क्रियाकलाप ठप्प भएको भन्दै खुकुल्लो बनाउनु पर्ने दबाब बढ्दै गएपछि विहिबारबाट सामाजिक दुरी कायम गरेर पसल खोल्न दिने निर्णय भएको छ । सरकारले लकडाउन नखोले पनि व्यापार गर्नेहरूले लकडाउन अवज्ञा गर्दै पसल खोल्न थालेपछि सरकारलाई दबाब परेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *