ताजा समाचार

आज २७९ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ४३६४ पुगे संक्रमित

काठमाडौं । नेपालमा आज थप २७९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफ्रिङका क्रममा सो जानकारी दिइएका हो । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४३६४ पुगेको छ ।

जसमा ९० जना आज डिस्चार्ज २ महिला र बाँकी पुरुष रहेको छन् ।  अहिलेसमम डस्चार्ज हुनेकाे संख्या ६७४ पुगेको छ ।  जसमा ५९५ जना पुरुष ७९ जना महिला रहेका छन् ।
आजको मिडिया ब्रिफ्रिङका क्रममा प्रवक्ता गौतमले सार्वजानिक स्थलमा, भिडभाडमा र सार्वजानिक गाडी चढ्दा माक्सको प्रयोग गर्न पनि मन्त्रालयको तर्फबाट अनुरोध गरेका छन् ।
त्यसै गरी प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन खुकुलो बनाउने मोडालिटिबारे आजै निर्णय गरिने पनि बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *