एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १३ हजार ६२७ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७३ लाख १६ हजार ९४४ जना संक्रमित भएका वल्डोमिटरर्सले जनाएको छ ।
नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३६ लाख २ हजार ५०२ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
पछिल्लोे २४ घन्टामा ४ हजार ७६३ जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।
नेपालमा पछिल्लो २४ घन्टामा ३ सय २४ जनाको नयाँ संक्रमित भएका छन् भने देशभर ४ हजार ८५ जना संक्रमित भएका छन् । त्यस्तै १५ जनाको कोरोना भाइरसको कारण निधन भएको छ ।




