काठमाडौं । मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २ सय ९२ जना पुरुष र ३१ जना महिला छन । मंगलबार ९६ जनाको डिस्चार्ज भएका छन ।
इलाम जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ ।
नेपालमा ७२ जिल्लाका ४ हजार ८५ कोरोना संक्रमितको संख्या पुगेको छ । जसमध्ये ३७ सय ९८ जना पुरुष र २ सय ८७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
हालसम्म कोरोनाको उपचारपछि निको भएर ५ सय ८४ जना घर फर्केका छन । जसमध्ये ५ सय ८४ पुरुष र ७७ जना महिला छन । १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पीसीआर विधिबाट १ लाख ६ हजार ३ सय ३१ जनाको परिक्षण भएको छ भने आरडिटी विधिबाट १ लाख ६६ हजार १ सय ८५ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिए । क्वारेनटाइनमा १ लाख ७५ हजार ७ सय ७५ जना छन । आइसोलेशनमा ३ हजार ४ सय ८७ जना छन ।




