काठमाडौं । रुपन्देहीको तिलोत्तमा – १० कान्छीबजारमा भएको सामुहिक हत्याकाण्डमा ज्यान गुमाउने ५ जनाको परिचय खुलेको छ।
मारिनेमा १ महिला र ४ पुरूष रहेका छन्। प्रहरीका अनुसार घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेका छन्। उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन। हत्या आशंका एक जनलाई पक्राउ गरिएको छ ।
कान्छीबजारको मैनहवास्थित स्थानीय कृष्ण पुनको भैंसीफर्ममा मंगलबार बिहान हत्या गरी विभत्स अवस्थामा शव फेला परेको थियो ।




