गण्डकी प्रदेश

गण्डकी प्रदेशमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा आज थप २४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय रामघाट पोखराद्वारा जारी सूचना अनुसार मंगलबार बिहानसम्मको अध्यावधिक विवरण अनुसार २४ जना संक्रमित भेटिएका हुन् ।

सूचना अनुसार नवलपरासी (बर्दीघाट, सुस्ता पूर्व), म्याग्दी र बागलुङ जिल्लामा संक्रमण पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ। नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ७ सय ८६ पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *