एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ८ हजार ६१३ पुगेको छ ।
साथै यस संक्रमणबाट विश्वभर ७१ लाख ९३ हजार संक्रमित भएका वल्डोमिटरर्सले जनाएको छ । पछिल्लो २४ घन्टामा १ लाख ७ हजार भन्दन धेरै संक्रमित भेटिएका छन् भने ३ हजार १ सय १५ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहानसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३५ लाख ३५ हजार ५२८ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ४९ हजार २९७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ७९८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।




