सचिवालय बैठक बस्नु अघि ओली गौतम भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गरेसँगै मंगलबारलाई सचिवालय बैठक बोलाइएको छ । पार्टी सचिवालयदेखि स्थायी समितिसम्मको बैठक बोलाउनका लागि प्रधानमन्त्री ओलीसँग सहमतिको प्रयासका लागि प्रचण्डले केही दिन देखि कोसिस गरिरहेपनि मंगलबार दुवै अध्यक्षले पार्टी सचिवालय बैठक डाक्न सहमत भएका हुन् ।
पार्टीभित्र विवादमा रहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौताबारे पार्टीले औपचारिक रुपमा के निर्णय लिने त्यसैका लागि प्रचण्ड पार्टी बैठक बोलाएर छलफल गराउन चाहिरहेका थिए । पार्टीमा निर्णय नगराई सरकारले संसदमा विचाराधिन रहेको उक्त कम्प्याक्ट सम्झौता अगाडी नबढाओस् भन्ने प्रचण्ड देखि वरिष्ठ नेताद्दय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम सम्मका नेताहरु छन् ।
शुक्रबार मात्रै पनि प्रचण्ड बैठक बोलाउन प्रधानमन्त्रीलाई मनाउनकै लागि बालुवाटार पुगेका थिए । दिन बिराएर प्रधानमन्त्रीलाई प्रयास मनाउने प्रयासमा प्रचण्ड थिए । परिस्थिती यस्तो बन्दै छ की, प्रधानमन्त्रीलाई पनि पार्टी बैठक छलेर या पार्टीको निर्णय छलेर अब एमसीसी सम्झौतामा एक्लै निर्णय गरेर अगाडी बढ्न सक्ने अवस्था छैन । आइतबार बिहान १० बजेपछि आफुलाई भेटन अध्यक्ष प्रचण्ड आउने कार्यक्रम पूर्व निर्धारित भईसकेको थियो । बैठक नबोलाई सुखै छैन भन्ने ओलीलाई पनि लागिसकेको थियो । त्यसपछि ओलीले फेरि पार्टी नेताहरुलाई एक्लाएक्लै बोलाएर छलफल थालेका छन् । त्यही क्रममा उनले उपाध्यक्ष गौतमलाई प्रचण्डलाई भेटनु अगाडी नै आइतबार आइतबारबालुवाटार बोलाए । गौतम बालुवाटार बिहानै पुगेका थिए, ९ बजेतिर । नेकपाभित्र आफुलाई पर्ने अप्ठयारोमा अनेक प्रलोभन उपाध्यक्ष वामदेव गौतमलाई दिएरै भएपनि संकट टार्दै आएका ओलीले एमसीसीमा पनि आफनो संकट र रुची अनुसारको निर्णय कसरी गराउने भन्ने अनेक च्याखे दाउ थाप्न खोजेका छन् । त्यही क्रममा उनले स्थायी समितिलाई नै यस विषयमा निर्णय गर्न नपठाउने , सकभर आफनो पक्षमा हुने गरी सचिवालयमा निर्णय गराउने दाउमा प्रधानमन्त्री ओली देखिएका छन् ।
आफुविरुद्ध सचिवालयमा बहुमत नेताहरुको मोर्चाबन्दी बन्न खोज्योकी ओलीले उपाध्यक्ष गौतमलाई प्रयोग गरेर फुटाउने प्रयास गर्ने गरेका थिए । यसमा ओली सफल देखिदै आएका पनि हुन् । उनले पार्टीमा निर्णय र छलफल नै नगराई गत वैशाख ८ मा ल्याएको विवादास्पद दुई अध्यादेश प्रकरण पछि ओली पार्टीमा निक्कै अप्ठयारोमा परेका थिए । ओलीले गौतमको साथ पनि पाउदै आएका छन् एमसीसी प्रकरणमा गौतम भने मौन रहेका छन् । उनी पारित हुनुपर्छ पनि भन्दैन हुनुपदैन पनि भन्दैनन । एमसीसी र संसदमा प्रस्तुत भएको बजेट पास गराउने विषयमा सत्तारुढ दलको सचिवायल बैठक मंगलबार चार बजेलाई बोलाइएको भएपनि त्यसअघि नै शीर्ष नेताहरुबीच न्यूनतमा सहमति गर्दै एमसीसीको विवाद सुल्झाउने तयारी लागेको नेकपा उच्च स्रोतले जनाएको छ ।
दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालले यसलाई कसरी टुङ्गो लगाउने भन्ने बारेमा निरन्तर छलफल गरिरहेका छन् । सचिवालयमा एमसीसीबारे अध्यक्ष ओली अल्पमत रहेपनि सरकारलाई अप्ठ्यरो पार्नु हुँदैन भन्ने बारेमा भने सबै नेताहरु एकमत भएका बेला एक पटक अमेरिकी सरकारसँग एमसीसी परियोजनाबारे जानकारी माग्ने बारेमा ओलीबाहेक सबै नेताहरु सहमत हुने देखिएको छ । ओलीले भने अघिल्लो सरकारले ल्याएको राम्रो कार्यक्रमलाई यो सरकारले निरन्तरता दिन लागेको भन्दै यसलाई संसदबाट पास गराउनु पर्ने पक्षमा उभिएका छन् । संसदमा एकैपटक लैजाँदा पार्टीभित्रको विवाद झन छताछुल्ल हुने र पार्टीकै सांसदहरु पक्ष र विपक्षमा उभिने हुँदा त्यसको असर पार्टीलाई पर्ने भएकाले शीर्ष नेताहरुले पार्टीभित्रै विवाद मिलाएर संसदमा लैजाने सुझाव दिइरहेका छन् ।




