ताजा समाचार

कांग्रेसले बोलायो आज दिउँसो २ बजे केन्द्रीय समिति बैठक

काठमाडौं।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सोमबार बस्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारी सम्बन्धमा छलफल गर्न आज सोमबार दिउँसो २ बजे केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुख्य सचिव  पौडेलका अनुसार केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *