ताजा समाचार

कोरोना भाइरसबाट नेपालमा चौधौं व्यक्तिको निधन

काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेशनमा हिजो भर्ना भएका कोरोना संक्रमितको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय रामघाटले जनाएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि आइशोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको ज्यान गएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । गण्डक प्रदेशले सोमबार बिहान ६ः४५ बजे तथ्यांक अध्यावधिक गरेर उनको मृत्युको पुष्टि गरेको हो । स्वास्थ्य मन्त्रालयले भने नियमित मिडिया ब्रिफ्रिङमा यसबारे जानकारी दिने छ ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । नेपालमा ३४ सय ४८ जनामा कोरोना पुष्टि भएकोमा ४ सय ६७ जना उपचारपछि निको भएका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *