ताजा समाचार

विश्व कोरोना अपडेटः संक्रमित ७० लाख ८२ हजार, मृत्यु हुने ४ लाख ५ हजार

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख नाघेकोे छ । वल्डोमिटरर्सको सोमबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ४ लाख ५ हजार ८१ जनाको कोरोना संक्रमणबाट निधन भएको छ भने, संक्रमितको संख्या ६० लाख ८२ हजार पुगेको वल्डोमिटरर्सले जनाएको छ ।

प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३४ लाख ४५ हजार जना निको भएका छन्। । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३२ लाख २० हजार व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ५८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
पछिल्लो २४ घन्टामा विश्वभर १ लाख १३ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार २ सय ५३ जनाको कोरोना कै कारण मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ ।
संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ७ हजार ४४९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख १२ हजार ४६९व्यक्तिको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा अमेरिकामा ७ सय ६ जनाको मृत्यु भएको छ भने २७ हजार बढी संक्रमित एकै पटक देखिएका छन् ।
नेपालमा पछिल्लो २४ घन्टामा २ सय २३ जना नयाँ संक्रमित भेटिएका छन् भने देशभर संक्रमितको संख्या ३४ सय ४८ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *