काठमाडौं । जनता समाजवादी पार्टी जन्मदै विवाद देखिएको छ । सुरुमै फिक्स भएको संघीय परिषद् अध्यक्षबाट नेता बाबुराम भट्टराईलाई टिपेक्स लगाएर हटाइएपछि विवाद देखिएको हो ।
दोस्रो वरियतासँगै परिषद् अध्यक्षमा टुंगो लगाइएको भट्टराईलाई चौथो वरियतामा लगिएको छ । त्यो पनि अशोक राईभन्दा मुनी निकटवर्तीहरुले पार्टी एकताका लागि भट्टराईले त्याग गरेको भनेका छन्, तर जसपाभित्र र बाहिर भने बाबुरामलाई शिकार बनाएको टिप्पणी गरेका छन् ।
वरियतामा उपेन्द्र यादवलाई तेस्रो स्थानमा लगिएपछि पार्टी एकता हुन सकेको थिएन । नेताहरुबीच महन्थ ठाकुरर यादवलाई अध्यक्ष बनाउने सहमति भएसँगै एकता नाटकीयरुपमा मिलेको थियो । दुई अध्यक्ष हुने सहमति भएपछि तेस्रो स्थानमा राईलाई लगिएको छ । वरियतामा दोस्रो स्थानमा रहेका भट्टराई टिपेक्स लगाएर राईकोभन्दा मुनी वरिष्ठ नेताको सूचीमा राखिएको छ ।
भट्टराईलाई संघीय परिषद्को अध्यक्षका रुपमा दोस्रो वरियतामा राखेर पार्टी एकताका लागि जाने सहमति भए पनि किचलो बढेपछि संघीय परिषद् नै हटाउने सहमति जुटेको हो। नयाँ पार्टीको कार्यकारी हैसियतमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने भएका छन्।
एकीकृत पार्टीको कार्यकारी समितिमा ५३ जना, राजनीतिक समिति एक ५१ र केन्द्रीय समितिमा सात सय एक जना रहने सहमति भएको छ।
राजपा र समाजवादी पार्टी पार्टीले नयाँ दल जनता समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा कागजात बुझाएको आयोगले जनाएको छ ।





