ताजा समाचार

जेठ २६ गते कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारी सम्बन्धमा छलफल गर्न जेठ २६ गते सोमबार दिउँसो २ केन्द्रीय समितिको बैठक बोलाएको हो ।

केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *