काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले कोरोना भाइरसले सिर्जित महामारीमा सक्रिय रुपमा खटेका नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता कार्यकर्ताको कोरोना बिमा गरिदिने घोषणा गरेका छन । केन्द्रीय खेलकुद विभागका प्रमुख समेत रहेका नेता बस्नेतले कांग्रेसका ६ सय ५१ जना नेता तथा कार्यकर्ताको कोरोना बिमा गर्ने घोषणा गरेका हुन ।
पूर्वमन्त्री बस्नेतले सक्रिय रुपमा जिल्लामा खटेका पार्टीका नेता तथा कार्यकर्ता, सबै वडाका इकाई सभापतिहरु,निर्वाचित वडा इकाइ सचिव, कांग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष र वडाध्यक्षका उम्मेद्वारहरुको म्यादी बिमा गरिदिने घोषणा गरेका छन । बिमितले पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बिमाको रकम पाउने छन ।
कोरोना महामारी विरुद्ध सक्रिय रुपमा खटिएका पार्टीका नेता तथा कार्यकर्ताहरुको उच्च मुल्यांकन गर्दै उनीहरुलाई थप हौसला प्रदान गर्न कोरोना बिमा गर्ने निर्णय लिएको पूर्वमन्त्री बस्नेतले बताए । बिमा योजानाले पार्टीका नयाँ कार्यकर्ताहरुलाई कोरोना विरुद्धको अभियानमा सक्रिय रुपमा खट्न उत्साह प्रदान गर्ने विश्वास नेता बस्नेतले व्यक्त गरे । कोरोना नियन्त्रणमा स्थानीय तहलाई जिम्मेवार बनाउन तल्लो तहका नेता कार्यकर्तालाई उत्साहित र सुरक्षित बनाएर परिचालन गर्न कोरोना बिमाले सजिलो हुने विश्वास पूर्वमन्त्री बस्नेतले विश्वास व्यक्त गरे । कोराना महामारी नियन्त्रणमा उदाहरणीय र प्रशंसनीय कार्य गरेका पूर्वमन्त्री बस्नेतले ७७ जिल्लाका कांग्रेस नेताले कार्यकर्ताको कोरोना बिमा गरिदिनु पर्ने बिचार व्यक्त गरे ।
पूर्वमन्त्री बस्नेतको संयोजनमा पार्टीका नेता तथा कार्यकर्ताको सहयोगमा कोरोना बिमा गरेको उनले बताए । यस अघि पहिलो चरणमा पूर्वमन्त्री बस्नेतले जिल्लाभरका डक्टर, अहेब,नर्स र कार्यालय सहयोगी सहति ६ सय १३ जना स्वास्थ्यकर्मीहरुको म्यादी जीवन बिमा गरिदिएका छन । पहिलो चरणमा नेता बस्नेतले पार्टीका नेता तथा कार्यकर्ताको सहयोगमा कोरोना विरुद्धको लडाइमा होमिएका जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीको बिमा गरिदिएका थिए । दोश्रो चरणमा नेता बस्नेतले पार्टीका सक्रिय नेता तथा कार्यकर्ताको कारोना बिमा गरिदिने घोषणा गरेका हुन ।
हरेका संकटमा नयाँ नयाँ सोच र राहतमुखी कार्यक्रम लिएर जनताका माझ पुग्ने नेता बस्नेतले कोरोना माहामारीमा सरकारले गर्न नसकेको काम गरेका छन । कोरोनाका कारण पहिलो ज्यान गुमाएको जिल्ला सिन्धुपाल्चोका स्वास्थ्यकर्मीको मनोवल उच्च बनाउन आफूले अघि सारेका योजनामा सहयोग गरेकोमा नेता बस्नेतले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद प्रकट गरे । आवस्यकताका आधारमा सुरक्षाकर्मी, सञ्चारकर्मीको पनि बिमा गर्दै जाने नेता बस्नेतले बताए ।
सरकार र नेकपाका नेता कार्यकताले महामारीको बेला स्वास्थ्य सामग्री र राहत वितरण गर्दा अवरोध गरेको उनले बताए । नेता बस्नतेले लकडाउन सुरु भएलगत्तैदेखि जिल्लाका अधिकांश स्वास्थ्य संस्थामहरुमा पीपीई, माक्स, स्यानिटाइटर, ग्लोब्स, थर्मल गन लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएका छन । नेता बस्नेतले सुरक्षकर्मी र सञ्चारकर्मीलाई समेत अत्यावस्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएका छन । लकडाउनका कारण खाद्यन्न अभावले छट्पटीएका सडक मजदुरहरुलाई उनले खाद्यन्न समेत उपलब्ध गराएका थिए ।
कोभिड १९ का कारण पहिलो ज्यान गुमाएकी सुत्केरी महिलाको शिशुको पोशण,उच्च शिक्षा र रोजगारी समेतको नेता बस्नेतले जिम्मा लिएका छन । उनले शिशुको पौष्टिक आहारको लागि ५० हजार बच्चाको परिवारलाई हस्तान्तरण गरिसकेका छन । बस्नेतले आफ्नो पहलमा शिशुको परिवारलाई आर्थिक सहयोग समेत जुटाइदिएका छन ।
समाज र देश बदल्ने अभियानमा जुटेको राजनीतिक नेतृत्व दूरदर्शी र समयको पदचाप अनुरुच चल्ने नेताको रुपमा पूर्वमान्त्री बस्नेत परिचित छन । जुरेको पहिरो होस या भूकम्पको समय, या कोरोना महामारीमा होस नेता बस्नेतले जिल्लाबासीलाई तन,मन र धन खर्चिएर सहयोग गरेका छन । उनले सहयोगी मनहरुलाई समेत एकत्रृत गरेर विपत्तिको घडीमा जनतालई साथ दिदै आएका छन । पूर्वमन्त्री बस्नेतले हरेक विपत्तिमा उदाहरणीय कार्य गरेर राजनीतिकर्मी र सरकारलाई समेत पाठ सिकाउदै आएका छन ।




