एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख नाघेकोे छ । वल्डोमिटरर्सको आइतबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ४ लाख १ हजार ६२३ जनाकोे कोरोना संक्रमणबाट निधन भएको छ भने, संक्रमितको संख्या ६९ लाख ६७ हजार पुगेको वल्डोमिटरर्सले जनाएको छ ।
प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३४ लाख ८ हजार जना निको भएका छन्। । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३१ लाख ५७ हजार ३७४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ५८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ ।
संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख ८८ हजार ५४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख १२ हजार ९६ व्यक्तिको मृत्यु भएको छ ।
दक्षिणमा अमेरिकामा ११ लाख १२ हजार ४२६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४८ हजार ८४१ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा २२ लाख ५३ हजार ८६८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३४ हजार ७७१ जनाको मृत्यु भएको छ ।
युरोपमा २० लाख ७८ हजार १६२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७८ हजार ५८३ को मृत्यु भएको छ । एसियामा १३ लाख २६ हजार ४२९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३४ हजार ३६७ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा १ लाख ८५ हजार ९९६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५ हजार ४२ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८८५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ ।




