काठमाडौं।नेपालमा कोराना संक्रमणबाट मृत्यू हुनेको संख्या १३ पुगेको छ । डाल्पाका एक पुरुष र कैलालीकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएसंगै मृतकको संख्या १३ पुगेको हो ।
डोल्पा जगदुल्लाहका ५८ वर्षीय एक पुरुषको जेठ २१ गते रातिको २ बजे मृत्यू भएको छ । उनी दमको रोगी समेत थिए । १६ गते सुर्खेतबाट गएका उनी १८ गते डोल्पा पुगरे क्वारेन्टाइनमा बसेका थिए । यसै सेती अस्पतालमा जेठ २३ गते ५५ वर्षीय महिलाको निधन भएको छ । डायलासीसमा आएकी धनगढी ४ की महिलाको निधन भएको हो । मिर्गौला पीडित महिलाको पीसीआर विधिबाट सेती प्रादेशिक अस्पतालमा परिक्षण पाजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जनाए ।
हालसम्म ३ सय ६५ निको भएर अस्पतालबाट घर फर्केका छन । नेपालमा ७० जिल्लाका ३२ सय ३५ कोरोना संक्रमितको संख्या पुगेको छ ।




