कर्णाली प्रदेश

दैलेखकाे नारायण र दुल्लू नगरपालिकामा निषेधाज्ञा जारी  

काठमाडाैं।काेराेना संक्रमण उच्च देखिएकाे दैलेखका दुई स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै नारायण नगरपालिका र दुल्लू नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जनाएको हो । दैलेखकाे नारायण र दुल्लू नगरपालिकामै सबैभन्दा धेरै कोरोनाका बिरामी भेटिएका छन् । दैलेखमा मात्र करिब ३ सयभन्दा धेरै कोरोनाका बिरामी भेटिएका छन्, भने एक जनाको मृत्युसमेत भइसकेको छ ।

प्रशासनका अनुसार आज शुक्रबार साँझ ६ बजेदेखि नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ–भिरखेत, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लू नगरपालिकाको पूर्वमा माथिल्लो डुङ्गेश्वर–चुप्रा–शिरस्थान, पश्चिममा पादुकाखोला–कर्णाली राजमार्ग, उत्तरमा भैरवी थाउँपालिका र दक्षिणमा तल्लो डुङ्गेश्वरमा अर्को सूचना जारी नगरुञ्जेलसम्म कुनै पनि खालका गतिविधि नगर्न निषेधाज्ञा जारी गरिएको छ ।

 राजपत्रमा तोकिएका अत्यावश्यक सेवा औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, बैंकिङ सेवा, आन्तरिक खानेपानी तथा विद्युत् सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी तथा वितरण, फोहोरमैलाको व्यवस्थापनबाहेकका अन्य कुनै पनि गतिविधि सञ्चाल गर्न समेत जिल्ला प्रशाशनले राेक लगाएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *