काठमाडौं। शुक्रवार २ सय ७८ जना कोरोना संक्रमित थपिएका छन । नेपालमा ६८ जिल्लाका २९ सय १२ कोरोना संक्रमितको संख्या पुगेको छ । जसमध्ये २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।
शुक्रवार ४३ जनाको डिस्चार्ज भएका छन । हालसम्म कोरोनाको उपचारपछि निको भएर ३ सय ३३ जना घर फर्केका छन । जसमध्ये २ सय ७२ पुरुष र ६१ जना महिला छन । ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पीसीआर विधिबाट ८८ हजार ३ सय ६६ जनाको परिक्षण भएको छ भने आरडिटी विधिबाट १ लाख ३२ हजार ९ सय ६६ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । अहिलेसम्मा २ लाख २१ हजार ३ सय ३३ को परिक्षण भएको उनले बताए । क्वारेनटाइनमा १ लाख ६६ हजार हजार ७ सय ६५ जना छन । आइसोलेशनमा २ हजार ५ सय ६७ जना छन ।




