एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९२ हजार २८६ पुगेको छ भने, संक्रमितको संख्या ६६ लाख ९२ हजार नाघेको वल्डोमिटरर्सले जनाएको छ ।
नेपाली समयानुसार बिहिबार बिहानसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३२ लाख ४४ हजार ४२३ जना निको भएका छन्। । हालसम्म कोरोना भाइरस संक्रमित ५५ हजार ४६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
पछिल्लो २४ घन्टामा १ लाख ३० हजार नयाँ संक्रमित भेटिएका छन भने ५ हजार ४९९ को हाराहारीमा मानिसको कोरोना भाइरसको कारण निधन भएको छ ।
चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।
अमेरिकामा मात्र १९ लाख २४ हजार मानिस कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख १० हजार व्यक्तिको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा एक हजार ३१ जनाको कोरोनाकै कारण निधन भएको छ भने २२ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् ।
नेपालमा पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै ३३४ जना नयाँ संक्रमित भेटिएका छन् भने देशभर २६ सय ३४ जना जनता कोरोनाबाट संक्रमित भएका छन् । नेपालमा बिहिबार थप एक जनाको कोरोनाबाट निधन भएको पुष्टि भएको छ । भने देशभर १० जनाको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि भएको छ ।




