ताजा समाचार

सिन्धुपाल्चोकका सबै स्वास्थ्यकर्मीको बिमा गरिदिएका पूर्वमन्त्री बस्नेतको कार्य : सरकारलाई पाठ,स्वास्थ्यकर्मीलाई हौसला

काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकका सबै स्वास्थ्यकर्मीहरुको म्यादी जीवन बिमा गरिदिएका छन ।
कोरोना विरुद्धको लडाइमा होमिएका जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीको विमा गरिएको फाइल र स्वास्थ्य सामग्री आज विहिबार पूर्वमन्त्री बस्नेतले सदरमुकाम चौतारा पुगेर जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईलाई हस्तान्तरण गरेका छन ।
केही समय अघि स्वास्थ्यकर्मीको बीमा गरिदिने उद्घोष गरेका नेता बस्नेतले जिल्लाभरका डक्टर, अहेब,नर्स र कार्यालय सहयोगी सहति ६ सय १३ जना स्वास्थ्यकर्मीहरुको म्यादी जीवन बिमा गरिदिएका हुन ।
स्वास्थ्यकर्मी आफू सुरक्षित भएन भने अरुको सुरक्षा गर्न नसक्ने ठहर गरेर उनीहरुको मनोवल उच्च बनाउन बिमा गरिदिएको पूर्वमन्त्री बस्नेतले बताए ।
स्वास्थ्यकर्मीको कोरोना बिमा गरिएको फाइल र स्वास्थ्य सामग्री बुझ्ने क्रममा जनस्वास्थ्य प्रमुख चापागाईले स्वास्थ्यकर्मीलाई काम गर्न थप उत्साह मिलेको भन्दै पूर्वमन्त्री बस्नेतलाई धन्यवाद प्रकट गरे ।

हरेका संकटमा नयाँ नयाँ सोच र राहतमुखी कार्यक्रम लिएर जनताका माझ पुग्ने नेता बस्नेतले कोरोना माहामारीमा सरकारले गर्न नसकेको काम गरेका छन । स्वास्थ्यकर्मीको कोरोना बिमा गर्ने पूर्वमन्त्री बस्नेतको योजनामा पार्टीका १७ जना नेता तथा कार्यकर्ताको साथ सहयोग रहेको उनले बताए ।
कोरोनाका कारण पहिलो ज्यान गुमाएको जिल्ला सिन्धुपाल्चोका स्वास्थ्यकर्मीको मनोवल उच्च बनाउन आफूले अघि सारेका योजनामा सहयोग गरेकोमा नेता बस्नेतले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद प्रकट गरे । आवस्यकताका आधारमा सुरक्षाकर्मी, सञ्चारकर्मीको पनि बिमा गर्दै जाने नेता बस्नेतले बताए ।
यस्तो महामारीको समयमा सरकारले वुद्धिमतापूर्ण काम गर्न नसकेको नेता बस्नेतको आरोप थियो । यस्तो विपत्तिको अवस्थामा स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार हुनु र प्रयाप्त स्वास्थ्य सामाग्री उपलब्ध गराउन नसक्नु सरकारको लाचारीपन भएको नेता बस्नेतले औल्याए । सरकार र नेकपाका नेता कार्यकताले महामारीको बेला स्वास्थ्य सामग्री र राहत वितरण गर्दा अवरोध गरेको उनले बताए ।
नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभाग प्रमुख समेत रहेका नेता बस्नतेले लकडाउन सुरु भएलगत्तैदेखि जिल्लाका अधिकांश स्वास्थ्य संस्थामहरुमा पीपीई, माक्स, स्यानिटाइटर, ग्लोब्स, थर्मल गन लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएका छन । नेता बस्नेतले सुरक्षकर्मी र सञ्चारकर्मीलाई समेत अत्यावस्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएका छन । लकडाउनका कारण खाद्यन्न अभावले छट्पटीएका सडक मजदुरहरुलाई उनले खाद्यन्न समेत उपलब्ध गराएका थिए ।
कोभिड १९ का कारण पहिलो ज्यान गुमाएकी सुत्केरी महिलाको शिशुको पोशण,उच्च शिक्षा र रोजगारी समेतको नेता बस्नेतले जिम्मा लिएका छन । उनले शिशुको पौष्टिक आहारको लागि ५० हजार बच्चाको परिवारलाई हस्तान्तरण गरिसकेका छन । बस्नेतले आफ्नो पहलमा शिशुको परिवारलाई आर्थिक सहयोग समेत जुटाइदिएका छन ।

समाज र देश बदल्ने अभियानमा जुटेको राजनीतिक नेतृत्व दूरदर्शी र समयको पदचाप अनुरुच चल्ने नेताको रुपमा पूर्वमान्त्री बस्नेत परिचित छन । जुरेको पहिरो होस या भूकम्पको समय, या कोरोना महामारीमा होस नेता बस्नेतले जिल्लाबासीलाई तन,मन र धन खर्चिएर सहयोग गरेका छन । उनले सहयोगी मनहरुलाई समेत एकत्रृत गरेर विपत्तिको घडीमा जनतालई साथ दिदै आएका छन । पूर्व मन्त्री बस्नेतले राजनीतिकर्मी र सरकारलाइ समेत पाठ सिकाउदै आएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *