ताजा समाचार

कारोना संक्रणबाट थप एक जनाका मृत्यु, मृतकको संख्या १० पुग्यो

काठमाडौं।नेपालमा कोराना संक्रमणबाट मृत्यू हुनेको संख्या १० पुगेको छ । पाल्पाका पूर्वखोला गाउँपालिकका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यू भएको पुष्टि भएसंगै मृतकको संख्या १० पुगेको हो ।
भारतबाट ५ दिन अघि नेपाल आएका उनको जेठ २० गते उपचारका क्रममा निधन भएको थियो । स्थानीय क्वारेन्टाइनमा रहेका उनको स्वास्थ्यमा समस्या आएपछि पाल्पाको मिशन अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएपछि स्वाब संकलन गरेर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *