काठमाडौं । उपत्यकामा लकडाउनलाई खुकुलो बनाउन जिल्लाका सिडियोहरु एक मत भएका छन् । सार्वजनिक यातायात, हवाई सेवा, शैक्षिक संस्था, सिनेमा हल, सभासम्मेलन तथा भेला हुन भने नपाइने गरी लकडाउन खुकुलो बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका सिडियोहरु सहमत भएका हुन् । व्यापारीहरुले लकडाउनको उल्लंघन गर्न थालेपछि तीन जिल्लाका सिडियोहरुको आकस्मीक बैठकले लकडाउन खुकुलो पार्न गृहमन्त्रालयलाई आग्रह गरेका हुन् ।
उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रमुखहरुको संयुक्त बैठकले राजधानीमा लकडाउन खुकुलो बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिमा सिफारिस गरेका हुन् । विद्यालयरविश्वविद्यालय, सिनेमा हल, पार्टी प्यालेस, हवाई सेवा, सभारसम्मेलनजस्ता क्षेत्रलाई पूर्ण रुपमा नियन्त्रण गरी अन्यलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्नु दिनु पर्ने निर्णय भएको छ । तीनवटै जिल्ला प्रशासन, सुरक्षा अधिकारी, स्थानीय तहका प्रतिनिधिसहितको बैठकले गरेको निर्णय सीसीएमसी र उच्चस्तरीय समितिमा पठाउन काठमाडौं प्रशासनलाई जिम्मा दिइएको छ ।
चैत ११ गतेदेखि लगाइएको लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका उद्योगरकलकारखाना तथा बजार पूर्ण रुपमा ठप्प छन् । जसका कारण सर्वसाधारणको रोजीरोटीदेखि ज्यालादारी मजदुर तथा स्वयं उद्योगरकलकारखाना सञ्चालक पनि यसको मारमा परेका छन् । लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्रीले आज ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीको बारेमा विषय विज्ञहरुसँग छलफल गरेका थिए ।




