ताजा समाचार

लकडाउनको मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषदको बैठक बस्दै

 काठमाडौं । बढ्दो लकडाउनबारे छलफल गर्न आज चार बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारले कोरोना भइरस रोकथाम तथा नियन्त्रणका लागि लगाएको लकडाउनको मोडालिटी परिवर्तन गर्न बैठक बस्ने भएको उच्च स्रोतले जनाएको छ । त्यसबारे निर्णय गर्न बिहीबार अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको हो । मन्त्रिपरिषद बैठकले लकडाउनबारे निर्णय हुने जनाइएको छ ।

मन्त्रिपरिषद स्रोतका अनुसार लकडाउनले थप समस्या सिर्जना हुन नदिन तथा यसको विकल्पसमेत खोजी भइरहेकाले त्यसबारे निर्णय हुनेछ । सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ यता लगातारको लकडाउनले मानिसहरुको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सर्वसाधारणको माग र विज्ञहरुको सुझाव रहँदै आएको छ ।

यसै विषयमा प्रधानमन्त्री ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा परामर्श गरेका थिए । परामर्शमा स्वास्थ्यविद, अर्थविद, योजनाविद् लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाव दिएका थिए । लकडाउन बढ्नुका साथै संक्रमणको दरपनि बढ्दै गएपछि सरकार अन्यौलमा परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *