ताजा समाचार

आज थप २ सय १ जनामा कोरोना संक्रमण देखियो, देशभर २ हजार ३ सय संक्रमित

काठमाडौं । नेपालमा थप २ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफ्रिङको क्रममा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिँदै विगत २४ घन्टामा थप २ सय १ जनामा कोरोना पुष्टि भएको बताए । १७९ जना पुरुष र २२ जना महिला छन् । यो सँगै देशभर २ हजार ३ सय पुगेको छ ।

त्यस्तै २७८ जना डिस्चार्ज भएर घर फर्किएका छन् । आज १२ जना डिस्चार्ज भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *