एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८२ हजार २२७ पुगेको छ भने, संक्रमितको संख्या ६४ लाख ६९ हजार ८३६ पुगेको वल्डोमिटरर्सले जानकारी दिएको छ ।
नेपाली समयानुसार बुधबार बिहानसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३० लाख ९ हजार ७३२ जना निको भएका छन्। । विश्वभरीमा ३० लाख ८७ हजार ८७७ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् ।
पछिल्लो २४ घन्टामा ४ हजार ५ सय २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ लाख १० हजार भन्दा धेरै व्यक्ति कोरोना संक्रमित भेटिएका छन् ।
हालसम्म कोरोना भाइरस संक्रमित ५४ हजार ५५१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।
वल्डोमिटरर्सका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ८१ हजार २सय ५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ८ हजार ५९ व्यक्तिको मृत्यु भएको छ ।
नेपालमा २ हजार ९९ जना संक्रमित भेटिएका छन् भने २ सय ६६ जना निको भएका छन् । ८ जनाको भने कोरोना संक्रमणबाट निधन भएको छ ।




