ताजा समाचार

आज थप २८८ जना कोरोना संक्रमण देखियो, देशभर २ हजार ९९ मा संक्रमित पुगे

काठमाडौं । नेपालमा आज थप २ सय ८८ जना नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रलायको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार संक्रमित मध्ये २७० पुरुष छन् भने १८ जना महिला छन् । अहिलेसम्म २ हजार ९९ जना संक्रमित पुगेका छन् ।

काठमाडौं मेडिकल कलेजका ४ स्वास्थ्य कर्मीमा कोरोना संक्रमण देखिएकाे प्रवक्ता डा. देवकाेटाले जनाएका छन् ।

अाज संक्रमण देखिनेहरूमा रौतहटका सबैभन्दा धेरै ७४, सर्लाहीका २१, स्याङ्जाका ५, सुर्खेतका २७, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १‍७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपराी पूर्व १ नवलपरासी पश्चिमका १ नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएको छन्।
त्यस्तै अहिलेसम्म २ सय ६६ जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । पछिल्लाे २४ घन्टामा कुनै पनि काेराेना संक्रमितकाे निधन भएकाे छैन । अहिलेसम्म नेपालमा ८ जना काेराेनाबाट निधन भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *