ताजा समाचार

कोरोना अपडेट : विश्वभर ६३ लाख ६२ हजार संक्रमित, ३ लाख ७७ हजारको मृत्यु

एजेन्सी । गत २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ३ हजार १४ जनाको मृत्यु भएपछि विश्वभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार नाघेको छ ।

गत २४ घण्टामा १ लाख २ हजार जनाको संक्रमति विश्व भरी थपिएपछि संक्रमितको संख्या ६३ लाख ६२ हजार नाघेको वल्डोमिटरर्सले जानकारी दिएको छ ।
चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरसले अमेरिकालाई अत्यन्त प्रभावित बनाएको छ । पछिल्लो समय अमेरिकामा कोरोना नियन्त्रण उन्मुख छ । यहाँ पछिल्लो २४ घन्टामा ७३० जनाको मात्र मृत्यु भएको छ । यहाँ १८ लाख ५९ हजार जना संक्रमति रहेका छन् भने, १ लाख ६ हजार ९ सय २५ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य निकायले कोरोना भाइरसको गत मार्च ११ मा विश्व महामारीको नाम दिइसकेको छ । े
नेपालमा पनि १८ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २ सय २१ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा संक्रमणपछि मृत्यु हुनेको संख्या पनि ८ पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *