ताजा समाचार

राजपा र सजपाको तर्फबाट संयुक्तरुपमा संविधान संशोधन प्रस्ताव दर्ता

काठमाडौं । दुई पार्टी एक भएपछिराष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालले संयुक्तरुपमा संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएका छन्। राष्ट्रिय जनता पार्टीका प्रतिनिधिसभा सदस्य लक्ष्मण लाल कर्ण र समाजवादी पार्टीका सांसद राजेन्द्र प्रसाद श्रेष्ठले संसद सचिवालयमा संयुक्त रुपमा विधेयक दर्ता गराएका हुन्। लकडाउनको समयमा राजपा र सजपा एक भएर जसपा गठन गरेका थिए ।

दुवै पार्टीको तर्फबाट सोमबार संयुक्त रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गराएका हुन् । ‘नेपालको संविधानको धारा ११० र प्रतिनीधिसभा नियमावली २०७५ को नियम ९९ बमोजिम संघीय संदसको बैठकमा प्रस्तुत गर्ने व्यवस्था मिलाइदिनु’ भनी प्रस्तुत गरिएको विधेयक संसद सचिवालयमा दर्ता भएको छ । दुई दल एक भइसेको पत्र निर्वाचन आयोगबाट आइनसकेकाले संयुक्त विधेयक दर्ता भएको हो । ‘नेपालको संविधानको धारा ६, ७ (१), धारा ११ (६), धारा १४, धारा ३८ (४), धारा ५६ ९४,५०, धारा ५८, धारा ७०, धारा ८६ (२), धारा ०१ )४), भाग ११, धारा १३७ (१) धारा २१५ )९), धारा २७४ (४, ५, ६, ७, ८), धारा २८२ (१), धारा २८३, धारा २८३ क, धारा २ ८७ (६, धारा २८७ क, धारा ३(६ १) ट, अनूसुची ५ र अनूसुचि ६ मा भएको व्यवस्थाले पहिचान पक्षधर आम जनसमूदायको हक अधिकार सुनिश्चित नगर्ने हुनाले अहिलेको संविधानलाइ सर्वस्वीकार्य बनाउने उदेश्यले माथी उल्लेखित धाराहरुमा नेपालको संविधान संशोधन गर्ने प्रयोजनका लागि यो संशोधन विद्येयक पेस गरेका छौं,’ संसद सचिवालयमा दर्ता गरिएको विद्येयकमा भनिएको छ। राजपा र समाजवादी मिलेर जनता समाजवादी पार्टी गठन गरेपनि अहिलेसम्म निर्वाचन आयोगमा दल दर्ता भइनसकेकाले जसपाले दलीय मान्यता पाइसकेको छैन।

सोमबार दर्ता भएको यो विधेयकमा संघीयताको मर्म र भावनाअनुरूप पहिचानसहितको संघीयताका लागि मार्ग प्रशस्त गर्ने, वैवाहिक नागरिकता, विशेष संरचनाको निर्माणका लागि संघीय आयोग बनाउने, समानुपातिक समावेशीकरण, प्रदेशको क्षेत्राधिकार, अवशिष्ट अधिकार, बहुभाषिक नीति, गोर्खाली सेनाको नागरिकताको निरन्तरता, संघीय न्यायपालिका, संवैधानिक अदालत, भ्रष्टाचार नियन्त्रणका लागि लोकपालको व्यवस्था जस्ता कुरा समेटिएको छ। यसअघि सरकारले नेपालको नयाँ नक्सा पारित गरेपछि नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन संविधान संशोधन प्रस्ताव संसदमा पेश गरिसकेको छ। सरकारले संविधान संशोधन विद्येयक ल्याएसँगै राजपा र समाजवादीले पनि आफूहरुले यसअघि देखिनै उठाउँदै आएको माग सम्बोधन गर्न संविधान संशोधन विद्येयक संसदमा लैजान खोजेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *